जेठ ०५, २०८१, शनिबार
               

अनामनगरमा छुरा प्रहार गरी श्रीमतीको हत्या, अजय पक्राउ

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका–९ स्थायी घर भएका ३६ वर्षीय अजय बिक रहेका छन् । 

उनी काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका थिए । उनलाई अनामनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

३३ वर्षीया आफ्नै श्रीमती पार्वती खड्काको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा अजयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घरायसी झगडामा अजयले श्रीमती (पार्वती) लाई छुरा प्रहार गरेका थिए । 

छुरा प्रहारबाट गम्भीर घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 


कस्तो लाग्यो ?

यो पनि