जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र अधिकारीसहित ६ जनालाई कोरोना लागेकाे छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा जुम्लाका सिडियो अधिकारीसहित ६ जनामा कोरोना संक्रमण देखिएकाे प्रजिअ अधिकारीले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
जिल्ला विपद् व्यस्थापन समितिको बैठकमा उपस्थित भएका ३० जनाको नमुना स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना पोजिटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पतालले जानकारी दिए ।