जेठ ०५, २०८१, शनिबार
               

ढोरपाटन पहिरो अपडेट : १४ को शव फेला, ३९ अझै वेपत्ता (नामावलीसहित)

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकास्थित लाकुरीबोटमा गएको पहिरोमा परि पुरिएका १४ को शव फेला परेको छ । प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जनाएअनुसार भेटिएका १४ शवमध्ये २ को मात्रै हालसम्म सनाखत भएको छ ।

सनाखत भएकामा ढोरपाटन–९ का केशमाया बिक र करबहादुर बिक छन् । केशमाया बिकलाई उनको घर नजिकै खोला किनारामा भेटिएको थियो । प्रहरीले भेटिएका १४ शवमध्ये १२ को अझै सनाखत गर्न सकेको छैन ।

प्रहरीका अनुसार अझै पनि पहिरोमा परि हराएका ३९ जनालाई भेटाउन सकिएको छैन् । प्रहरीले वेपत्ता भएका ३९ मध्ये ३६ जनाको नाम पुष्टि गरेको छ ।

प्रहरीले जनाएअनुसार पहिरोमा परि घाईते भएका ढोरपाटन नगरपालिका वडा नं. ४ दुनेपोखराका १५ वर्षीया मेहन्द्र पुनको अवस्था गम्भीर छ । उनीसँगै फेला परेका सरीता घर्ती, धमेन्द्र पुन, र बेलमती पुनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोले ढोरपाटनको २ स्वास्थ्य चौकी भवनसहित ३१ वटा घरमा पूर्णं क्षति बनाएको छ । प्रहरीले जनाएअनुसार ढोरपाटन ९ को सुकुदुङ र लाकुरीबोटमा रहेको स्वास्थ्य चौकी बगाएको छ ।

जनाइएअनुसार पहिरोमा परी ३१ वटा घर पूर्णं क्षति भएका छन् । नगरपालिका भित्रकै जनचेतना प्राथमिक विद्यालयको ४ कोठे भवन र सरस्वती प्राथमिक विद्यालयको २ कोठे भवन पनि पूर्णं क्षति भएको छ । पहिरोले भुजिखोला जलविद्युत् आयोजनाका ४ वटा भवन बगाएको प्रहरीले जनाएको छ ।

यी हुन् हराएका ३६ जना

१) ढोरपाटन नगरपालिका ९ द्वाल बस्ने बर्ष २०।२२ को जीवन बिक ।
२) ऐ.ऐ. बस्ने बर्ष २३।२४ को नारायण बिक ।
३) ऐ.ऐ. बस्ने निजको श्रीमती बर्ष २०।२१ कि टेकमाया बिक ।
४) निजहरुकै छोरी बर्ष १ की नाम नखुलेकी बालिका ।
५) ऐ.ऐ. बस्ने बर्ष १५।१६ कि मनिषा बिक ।
६) ऐ.ऐ. घट्टेचौर बस्ने बर्ष २८ कि शनि बिक ।
७) निजको छोरा बर्ष ९।१० को रोशन बिक ।
८) निजको छोरा बर्ष ४।५ को रवि बिक ।
९) नाम नखुलेको १५ दिनको वच्चा १ ।
१०) ऐ.ऐ. बस्ने बर्ष २५।२६ कि मन कुमारी बि.क. ।
११) ऐ.ऐ. बस्ने बर्ष २५।२६ कि केशमाया बिक ( लास फेला परेको ) ।
१२) ऐ.ऐ. बस्ने बर्ष २९।३० को प्रेम पुन ।
१३) ऐ.ऐ. बस्ने भुसुन्डे बस्ने बर्ष २०।३० कि कुमारी बिक ।
१४) ऐ.ऐ. बस्ने बर्ष १४।१५ को समुन्द्र बिक ।
१५) ऐ.ऐ. बस्ने बर्ष १०।१२ कि पुनम बिक ।
१६) ऐ.ऐ. बस्ने बर्ष ३०।३१ को जीत बहादुर घर्ती ।
१७) ऐ.ऐ. बस्ने बर्ष ४३।४४ को राजु घर्ती ।
१८) ऐ.ऐ. घट्टेबोट बस्ने बर्ष ३५।३६ कि करमती बुढा ।
१९) ऐ.ऐ. बस्ने बर्ष ३५।३६ कि रिना कुमारी घर्ती ।
२०) ऐ.ऐ. बस्ने बर्ष २०।२२ कि दिलमया पुन ।
२१) निजको छोरी बर्ष ३।४ कि प्रकृति पुन ।
२२) ऐ.ऐ. बस्ने बर्ष ६०।६१ कि डोटी पुन ।
२३) ऐ.ऐ. सानो कुगु बस्ने बर्ष ३५।३६ को हेम बहादुर बिक ।
२४) ऐ.ऐ. बस्ने श्रीमती बर्ष ३४।३५ कि उजेली बिक ।
२५) ऐ.ऐ. बस्ने छोरा बर्ष ८।९ को दलु बिक ।
२६) ऐ.ऐ. बस्ने निजहरूकै बच्चा १० महिनाको नाम नखुलेको ।
२७) ऐ.ऐ. बस्ने बर्ष ४०।४१ को कर बहादुर बिक ।
२८) ऐ.ऐ. बस्ने श्रीमती बर्ष ३७।३८ कि हस्तमाया बिक ।
२९) ऐ.ऐ. दुनेपधेरा बस्ने बर्ष ६०।६५ कि तुलमती घर्ती ।
३०) ऐ.ऐ. लाकुरी बोट बस्ने बर्ष ५५।५६ कि कौशिला पुन ।
३१) निजको छोरा बर्ष २०।२१ को विशाल पुन ।
३२) ऐ.ऐ. पावरहाउस बस्ने बर्ष २५।२६ कि धनमाया बिक ।
३३) निजको छोरा बर्ष २।३ को नाम नखूलेको बालक ।
३४) ऐ.ऐ. सुप्राङ बस्ने बर्ष नखुलेको बिरे बिक को श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार ।
३५) जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको बर्ष २४।२५ को नबिन भण्डारी ।
३६) जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र बर्ष नखुलेका अन्य ३ जना ।


कस्तो लाग्यो ?

यो पनि