असोज ०६, २०८१, आइतबार
               

घूससहित वडाध्यक्ष पक्राउ

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

रुपन्देही । सेवाग्राहीसँग घूस लिएको अभियोगमा रोहिणी गाउँपालिका –२ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आज नियन्त्रणमा लिएको छ ।

सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग ४५ हजार घूस मागेको र रु २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा वडाध्यक्ष पाण्डेलाई नियन्त्रणमा लिइएको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । 

पाण्डेलाई वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको अख्तियारले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि