असोज ०६, २०८१, आइतबार
               

नेपालगन्जमा २२ सय रुपैयाँमै कोरोना परीक्षण

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालले स्वेच्छिक रुपमा आरटी–पिसिआर विधिबाट कोरोना जाँचको शुल्क निर्धारण गरेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा बाहिरकाले कोरोना जाँच गराए दुई हजार दुई सय रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।  

अस्पताल व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले शुल्क निर्धारण गरेको भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिलालले जानकारी दिए । उनले व्यक्तिगत प्रयोजनका लागि पिसिआर जाँच गराउनेसँग शुल्क लिइने बताए ।  

प्रशासनको सिफारिसका आधारमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीलगायत कन्ट्याक्ट ट्रेसिङमा परेकाको भने नि:शुल्क कोरोना जाँच गरिने उनले बताए । 
 


कस्तो लाग्यो ?

यो पनि