असोज ०६, २०८१, आइतबार
               

करेन्ट लागेर एक पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

नवलपरासीको सुस्ता गाउँपालिका–१ रुपौलियामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।     

रुपौलियाको वाटिका कृषि सहकारी संस्था अगाडि रहेको बिजुलीको खम्बामा बिग्रिएको बत्ती बनाउने क्रममा  करेन्ट लाग्दा सोही स्थानका  ५२ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो । 

करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि चिसापानी अस्पताल बर्दघाट ल्याउने क्रममा बाटामै मृत्यु भएको वडाध्यक्ष अशोककुमार चौधरीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि