असोज ०६, २०८१, आइतबार
               

कर्मचारीमा कोरोना देखिएपछि मन्त्रालय 'सिल'

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

कर्णाली । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पृष्टि भएपछि मन्त्रालय सिल गरिएको छ । मन्त्रालयद्वारा प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी, सवारी चालक र एक नेपाल प्रहरी गरी ६ जनामा कोरोना देखिएपछि मन्त्रालयका सेवा बन्द गरिएको हो । बाँकी कर्मचारीहरूको स्वाब लिएर रिपोर्ट आएपछि मात्रै मन्त्रालयको काम सूचारू गरिने मन्त्रालयका प्रवक्ता तुल खड्काले जानकारी दिए ।

मन्त्रालयका अत्यावश्यक कामबाहेक अन्य सेवाहरू बन्द गरिएको खड्काको भनाइ छ । 

मन्त्रालयमै कार्यरत कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द गर्दै कानुनमन्त्री नरेश भण्डारीलगायत अन्य कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि