असोज ०६, २०८१, आइतबार
               

बालाजु कोरोनाको हटस्पट, कोटेश्वरपछि महाराजगन्ज र असनमा धेरै संक्रमित (हेर्नुहोस् लिस्टसहित)

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

काठमाडौं महानगरपालिकाको पछिल्लो तथ्यांकअनुसार बालाजु क्षेत्रमा सबैभन्दा धेरै जनामा संक्रमण देखिएको छ ।
पछिल्लो  साताको तथ्यांकअनुसार काठमाडाैं महानगरको वडानम्बर १६ स्थित बालाजु क्षेत्रमा २०८ जनालाई संक्रमण पुष्टि भइसकेको छ ।

दोस्रो नम्बरमा सबैभन्दा बढी संक्रमित रहेको स्थान कोटेश्वर पर्छ । यहाँ २०३ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये ४३ जना घरमा र त्यतिनै व्यक्ति अस्पतालमा उपचाररत् छन । सो ठाउँका एकजनाको निधन समेत भइसकेको छ ।

वडानम्बर ३ मा पर्ने महाराजगञ्ज क्षेत्रमा १८३ जनालाई कोरोना संक्रमण भइसकेको छ। जसमध्ये ३४ जना होम आइसोलेसनमा र ७४ जना अस्पतालमा रहेका छन। ७० जना निको भइसकेका छन। यस वडामा १ जनाको निधन भइसकेको छ।

वडानम्बर २७ स्थित इनबहाल र असन क्षेत्रमा १५१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ४३ जना घरमै छन भने ३१ जना अस्पतालमा उपचाररत छन । यस वडामा दुई जनाको मृत्यु भइसकेको छ ।  

कुलेश्वर, कलंकी, बल्खु रहेको वडानम्बर १४ मा १३५ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ४५ जना घरमा तथा २६ जना अस्पतालमा रहेका छन् । वडानम्बर १५ मा रहेको स्वयम्भु क्षेत्रमा ११० जनामा संक्रमण पुष्टि भइसकेको छ ।

वडानम्बर १३ स्थित कालीमाटीमा १२४ जनामा कोरोना पुष्टि भएको छ । यस वडामा होम आइसोलेसनमा ३६ तथा अस्पतालमा २२ जना उपचाररत छन् । यसवडामा एक जनाको निधन भइसकेको छ ।

यस्तै, वडानम्बर ४ धुम्बाराहीमा १ सय १ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस वडामा ३३ जना होम आइसोलेसनमा तथा १९ जना अस्पतालमा उपचार गराइरहेका छन् । बागबजारको क्षेत्रमा रहेको वडानम्बर २८ मा समेत १०५ जनालाई संक्रमण पुष्टि भएको छ । 

यसबाहेक स्थान प्रष्ट नखुलेका ४११ जना संक्रमित काठमाडौं महानगरमा छन् । यस्तै बानेश्वरमा ९२, लैनचौरमा ८३, मित्रपार्कमा ८१, डिल्लीबजारमा ६५, हाँडीगाउँमा ५४, शान्तिनगरमा ९१, बौद्धमा २९ जनामा संक्रमण पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि