असोज ०६, २०८१, आइतबार
               

पुजारी हत्याको कारण आर्थिक विवाद, यसरी भयो खुलासा

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

रौतहट । रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्या आर्थिक विवादका कारण भएको खुलेको छ ।

पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा प्रहरीले देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरेको थियो ।

उनीहरुलाई पक्राउ गरेपछि हत्याको कारण खुलेको हो ।

पक्राउ परेका मध्ये रामनरेश पटेलका बुबाले पुजारीसँग ब्याजमा रकम लिएको र रकम तिर्ने क्रममा विवाद भएको थियो । 

विवादपश्चात गोली प्रहार गरी पुजारीको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ  । 

घटना हुनु तीन दिनअघि नरेश पटेल र पुजारीबीच विवाद भएको खुल्न आएको प्रदेश २ प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) अंशु कुमार सिंहले बताए ।

उनका अनुसार पुजारी शाहले गाउँमा हुने विभिन्न विषयका छलफलमा पनि फरक मत राख्ने गरेकाले पटेलसहित अन्यसँग वादविवाद हुने गरेको थियो । 

पुजारी हत्या प्रकरणमा देवाही गोदाही नगरपालिका-१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार छन् ।

पक्राउ परेका दुई जनाविरुद्ध विस्तृत अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट १० दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

गत भदौ ३ गते राति खाना खान लागेको समयमा पुजारी साहको कञ्चटमा गोली प्रहार गरी हत्या गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि