असोज ०६, २०८१, आइतबार
               

पुजारी हत्याको विरोधमा राप्रपा विद्यार्थी संगठनद्वारा काठमाडौंमा प्रदर्शन

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । 

हत्यारा पत्ता लगाई कडा कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी केन्द्रीय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपा अध्यक्ष कमल थापाले सो प्रदर्शनका लागि विद्यार्थी संगठनका नेताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

अध्यक्ष थापाले पुजारी हत्याको विरोध गर्दै हत्यारालाई कारवाहीको माग गरेका छन् । साथै उनले पक्राउ परेका बिद्यार्थीलाई तत्काल रिहा गर्न माग समेत गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा थापाले लेखेका छन्, ‘स्याबास ! निर्दोष पुजारी हत्याको विरोध तथा हत्यारालाई कारवाहीको माग गर्दै प्रतिकुल परिस्थितिका वावजुद राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनले सांकेतिकरूपमा भएपनि प्रदर्शन गर्न सक्षम भएकोमा । पक्राउ परेका बिद्यार्थीहरूलाई तत्काल रिहा गरियोस्।’

गत भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्या भएको थियो । 

राति खाना खान बसेका बेला पुजारी श्रीराम साहलाई अज्ञात व्यक्तिले कन्चटमा गोली हानेर हत्या गरेको थियो ।

यो पनि