असोज ०६, २०८१, आइतबार
               

दाजु बहिनीबीच अनैतिक सम्बन्ध, दाजु पक्राउ

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ मा हाडनाता करणीको आरोपमा एक युवक प्रक्राउ परेका छन् । 

गत साउन १ गते  १९ वर्षीय आफ्नै बहिनीलाई करणी गरेको आरोपमा  सोही वडाका २३ वर्षीय युवकलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरिक्षक मन्दिप चौहानले जानकारी दिए । दाजुबहिनी बीचकाे  अनैतिक सम्बनध बारे आमाले दिएकाे सूचनाकाे आधारमा प्रहीले पक्राउ गरी अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ । 

यसअघि समुदायमा भएको छफलमा अवैध सम्बन्ध राख्ने दाजु बहिनीले विहे गरेर जीवन चलाउन तयार रहेको बताएको एक स्थानीयले बताएका छन् । ‘हामीले सहमतिमै सम्बन्ध राखेका हौ । बरु, हामी गाउँमा बस्दैनौ तर हाम्रो विवाह हुने वातावरण बनाइदिनुस् ।’ छलफलमा उपस्थित एक स्थानीयले दाजुबहिनीको कुरालाई उदृत गर्दै भने ।

तर स्थानीयहरूकाे दबाबमा प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेकाे बताइएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि