असोज ०६, २०८१, आइतबार
               

एकै महिलाले चार बच्चा जन्माइन्

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

जनकपुरधाम । एक महिलाले एकैपटक चार बच्चा जन्माएकी छिन् । चार बच्चा जन्माएपश्चात् ती महिलाको मृत्यु भएको छ ।  

धनुषाको विदेह नगरपालिका–७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा  शल्यक्रियामार्फत चार बच्चा जन्मिएका हुन् । 

उनको आइसियुमा राखेर उचार गर्दागर्दै मृत्यु भएको थियो । उनमा स्वासप्रश्वासमा समस्या देखिएको थियो । सो समस्याकै कारण उनको बुधबार मृत्यु भएको हो । 

मृतक महिलाबाट एक छोरा र तीन छोरी जन्मेका छन् । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो दुई सय ५० ग्राम रहेको छ । हाल चारैजना बच्चालाई एनआईसीयुमा राखिएको  छ । 

मृतकको स्वाब संकलन गरी जनकपुरकै प्रादेशिक प्रयोगशाला पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि