जेठ ०१, २०८१, मंगलबार
               

स्वचालित पेस्तोलसहित ५ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

विराटनगर । विराटनगर महानगरपालिका-४ कंचनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोलीसहित कटहरी गाउँपालिका-२ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

केही व्यक्तिहरूले व्यापारीहरूलाई धाकधम्की दिई रकम माग्ने तथा चोरी गर्ने कार्यमा संग्लन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल र उनीहरूले प्रयोग गरेको को.३२ प ७५२५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि