जेठ ०६, २०८१, आइतबार
               

आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार सात वर्षीय छोरी बलात्कारको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका हुन् । 

मंगलबार साँझ छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको थियो । हाल उनको परिचय भने खुलाइएको छैन । पीडित बालिकाकी आमाले दिएको सूचनाका आधारमा अभियुक्त बाबुलाई पक्राउ गरिएको हो । हाल बालिकाकी आमाले जबरजस्तीकरणीसम्बन्धी कसूरमा किटानी जाहेरी दिएकी छन् । 

बालिकाले यौनाङ्ग दुख्यो भनेपछि आमाले उपचारका लागि अस्पताल लग्दा बाबुले पटकपटक बलात्कार गरेको खुलेको बताइएको छ । हाल सो घटनाबारे छानबिन भइरहेको बानेश्वर प्रहरीले बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि