असोज ०६, २०८१, आइतबार
               

पहिरोमा पुरिएर समीक्षाको मृत्यु, छोरी करिष्मा घाइते

रासस
भदौ १७, २०७७

ADVERTISEMENT

पाल्पा । तिनाउ गाउँपालिका–३ स्थित श्रीडाँडामा ढुङ्गासहितको पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समीक्षा सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिए । 

पहिरो खस्दा घाइते भएकी समीक्षाको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रउ गिरीले बताए ।

समीक्षाकी तीन वर्षीया छोरी करिष्मा पहिरोले च्यापेर घाइते भएकी छिन् । 

उनको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि