जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा आदेश थप्ने तयारी भएको छ ।

कोरोनाको संक्रमण झनै बढेको निष्कर्षसहित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सात दिन निषेध आदेश थप्ने तयारी गरेका हुन् ।

हिजो (मंगलबार) तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बीच भर्चुअल बैठक भएको थियो । बैठकमा जनस्वास्थ्य विद्, स्थानीय जनप्रतिनिधि र व्यवसायीहरुले दिएको सुझावका विषयमा छलफल भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

सो बैठकमा उपत्यकामा थप सात दिन निषेधाज्ञा थप गर्ने सहमति भएको स्रोतले बताएको छ ।

उक्त सहमतिको विषयमा आज गृहमन्त्रालयलसँग थप छलफलपश्चात आवश्यक निर्णय हुनेछ ।

उद्योग तथा व्यापार व्यवसायीले भने निषेधाज्ञा खुकुलो पार्नुपर्ने माग गर्दै आएका छन् । स्थानीय जनप्रतिनिधि तथा नगरप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने निषेधाज्ञा अझै केही कडाइका साथ लागू गर्नुपर्ने सुझाव दिएका छन् ।

यसैबीच, काठमाडौं उपत्यकामा हिजो (मंगलबार) थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा भदौ चार गतेदेखि निषेधाज्ञा जारी छ ।


कस्तो लाग्यो ?

यो पनि