असोज ०६, २०८१, आइतबार
               

ताप्लेजुङमा चट्याङ लागेर महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भगएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको मृत्यु भएको हो ।

चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् ।

सामान्य घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ । मङ्गलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि