असोज ०६, २०८१, आइतबार
               

१४६ केजी लागूऔषधसहित पक्राउ

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

विराटनगर महानगरपालिका-१७ स्थित सडकबाट करिब १४६ केजी लागूऔषध गाँजासहित को.२ त ६०५७ नम्बरको ट्रयाक्टर चालक सुनसरी गढी गाउँपालिका-३ बस्ने ३४ वर्षीय सुरेश कुमार मेहता पक्राउ परेका छन् ।

नेपालबाट भारततर्फ जाँदै गरेको उक्त ट्रयाक्टर जाँच गर्दा ट्रयाक्टरको ट्रलीमा फल्सबटम बनाई प्लास्टिकमा प्याक गरी लुकाई राखेको उक्त परिमाणको लागूऔषध सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा बेश रानीबाट खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिएको थियो ।

बरामद लागूऔषध र ट्याक्टर सहित मेहतालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उक्त सुरक्षा वेसले ईलाका प्रहरी कार्यालय रानीमा बुझाएपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि