असोज ०६, २०८१, आइतबार
               

सप्तरीमा ३८ प्रहरीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

सप्तरीमा मङ्गलबार ३८ जना प्रहरीमा काेरोना संक्रमण देखिएकाे छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा कार्यरत ४५ वर्षीय सईसहित ३८ जना प्रहरी संक्रमित भएका छन् ।

प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश नम्बर २ सम्पर्क कार्यालय राजविराज अन्तर्गत २९ जना र जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गत ९ जना प्रहरी कोरोनाबाट संक्रमित भएका हुन् । 

यसैगरी स्वास्थ्यकर्मी १५, सञ्चारकर्मी ३, न्यायाधीश, चिकित्सक, नर्स, सशस्त्र प्रहरी र अधिकारकर्मी १/१ जना संक्रमित भएका छन्। सप्तरीमा कोरोना संक्रमितको सङ्ख्या ८०७ पुगेको छ । कोरोना संक्रमण भएर ६ जनाको मृत्यु भएको छ।


कस्तो लाग्यो ?

यो पनि