असोज ०६, २०८१, आइतबार
               

मलामीसहित एकैघरका १५ जनामा कोरोना संक्रमण पुष्टि, रिपोर्ट आएपछि दाहसंस्कारमा सहभागीहरुको भागाभाग

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

बुटवल-रुपन्देहीमा कोरोना संक्रमित मृतकको सम्पर्कमा आएका एकैघरका १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रोहिणी गाउँपालिका–३ चैनपुरवामा उपचारको क्रममा मृत्यु भएका ५३ वर्षीय पुरुषको अन्त्येष्टिको क्रममा कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो । रिपोर्ट आएपछि दाहसंस्कारमा सहभागीहरुको भागाभाग भएको थियो ।

मृत्यु पछि र अन्तिम संस्कारमा नजिकै र सम्पर्कमा रहेका ७३ जनाको पिसीआर परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

संक्रमण पुष्टि भएकामध्ये १३ वर्ष देखि ६९ वर्ष उमेर समूहका ८ पुरुष र ७ महिला रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।

१० जना परिवारका सदस्य र चालकसहित ५ जना घरका कामदारमा कोरोना संक्रमण पुष्टि भएको रोहिणी गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनेवास चौधरीले जानकारी दिए। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट सोमबार राती आएको थियो ।

‘मलामी गएका परिवारका सदस्य सहित २२ सदस्यहरुको ९ गते र ११ गते विभिन्न ४ ठाउँमा ५१ जनाको स्वाब संकलन गरेका थियौं, जसमध्ये अहिले सम्म १५ जनामा संक्रमण रहेको पुष्टि भएको छ, केही रिर्पोट आउन बाँकी छ’स्वास्थ्य प्रमुख चौधरीले भने ।

चैनपुर गाउँमा संक्रमण देखिएपछि रोहिणी गाउँपलिकाले चैनपुर गाउँ शिल गरेको छ ।

धकधई बजारदेखि उत्तर चैनपुरटोलमा कोरोना भाइरस समुदायमा फैलिएका कारण नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै ५ दिनको लागि पूर्ण रुपमा निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि