जेठ ०५, २०८१, शनिबार
               

उपत्यकामा थपिएला त निषेधाज्ञा ? निर्णय भोलि

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि  भोलि (बुधबार) मध्यराति १२ बजे सकिँदै छ ।

यसैबीच, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञा थप कडा बनाउने वा खुकुलो पार्ने भन्ने दुई विकल्पमा आज (मंगलबार) छलफल गरेका छन् ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार, आजको भर्चुअल बैठकमा प्रमुख जिल्ला अधिकारीहरुबीच मुख्यतया यी दुई र अन्य विकल्पमा पनि छलफल भएको जानकारी दिइन् ।

बैठकमा विभिन्न विकल्पमा छलफल भएको बताउँदै उनले तीनवटै जिल्ला सुरक्षा समिति, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसहित छलफल गरेर गृहमा सिफारिस गरेर पठाइने बताइन् ।

गृह मन्त्रालयसँगको समन्वयपछि भोलि मात्र निषेधाज्ञाको बारेमा आवश्यक (औपचारिक) निर्णय हुने उनले जानकारी दिइन् ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो (सोमबार) मात्रै उपत्यकामा २९८ जना संक्रमित थपिएका छन् । त्यस्तै आज (मंगलबार) मात्र काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

निषेधाज्ञाको अवधिमा पनि काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको छ । यस्तो अवस्थामा निषेधाज्ञा हटाउन नहुने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको तर्क छ । 

सहजीकरण गर्ने भन्दै अहिल्यै स्वास्थ्यका मापदण्ड बेवास्ता गर्न मिल्ने अवस्था नभएको बताउँदै उनले उपत्यकामा अझै कडाइ जरुरी रहको बताइन् । 

गत भदौ ४ गतेदेखि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी छ ।


कस्तो लाग्यो ?

यो पनि