असोज ०६, २०८१, आइतबार
               

केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृत्यु

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । केन्द्रीय कारागार काठमाडौंका तीन जना कैदीबन्दीको मृत्यु भएको छ । मृतक तीन जना पुरुषमध्ये एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कञ्चनपुरका ४० वर्षीय पुरुषको उपचारको क्रममा सोमबार साँझ मेगा अस्पतालमा मृत्यु भएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

अन्य दुई जना कैदीबन्दीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक बझाङ र सिरहाका हुन् ।

हालसम्म केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कारागारको सुरक्षामा कार्यरत ५६ सुरक्षाकर्मीमा पनि कोारेना संक्रमण भएको छ ।


कस्तो लाग्यो ?

यो पनि