असोज ०६, २०८१, आइतबार
               

प्रहरीको धरपकडले बन्द भएको ‘होम डेलिभरी’ सेवा पुनः सुरु

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीको धरपकडले बन्द भएको अनलाइन डेलिभरी सेवा फेरि सुरु भएको छ । पाँच दिन बन्द भएको यो सेवा आजबाट पुनः सुरु भएको हो ।

ई–कमर्श तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको आदेशको बुँदा ६ बमोजिम अत्यावश्यकीय वस्तु वा सेवाअन्तर्गत औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध तथा दूग्ध जन्य पदार्थ र प्याकेजिङका सामग्रीहरुको व्यवसाय सञ्चालन गर्न रोक नरहेकाले मंगलबारदेखि अनलाइन डेलिभरी सेवा पुन: सुरु गर्ने जनाएको छ ।

‘त्यस्तो अत्यावश्यक वस्तुको ढुवानीको लागि कुनै पनि पूर्वसंचालन अनुमति लिनु नपर्ने भनि स्पष्ट व्यवस्था गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ।

सरकारले तोकेको कोभिड–१९ सूरक्षा मापदण्डलाई पालना गरी सरसफाई, किटाणुशोधन, भौतिक दूरी, सुरक्षित मास्कको अनिवार्य प्रयोग लगायतका मापदण्ड पूरा गर्ने गरि अत्यावश्यक वस्तुहरुको होम डेलिभरी गर्ने कार्यलाई निरन्तरता दिइने फोरमले जनाएको छ।

फोरमले होम डेलिभरी गर्ने प्रकृयामा अत्यावश्यक बाहेकका अन्य बस्तुहरुको बिक्री–वितरण गर्ने कार्य नगर्न ई–कमर्श व्यवसायीहरुलाई अनुरोधसमेत गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि