जेठ ०५, २०८१, शनिबार
               

उपत्यकामा निषेधाज्ञा थपिने सम्भावना, आज बैठक बस्दै

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि  भोलि (बुधबार) मध्यराति १२ बजे सकिँदै छ ।

यसैबीच, काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू भर्चुअल बैठक आज बसिरहेको छ ।

बैठकले उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने कि नबढाउने भन्ने विषयमा साझा धारणा तय गर्ने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो (सोमबार) मात्रै उपत्यकामा २९८ जना संक्रमित थपिएका छन् ।

निषेधाज्ञाको अवधिमा पनि काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको छ । यस्तो अवस्थामा निषेधाज्ञा हटाउन नहुने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको तर्क छ ।

सहजीकरण गर्ने भन्दै अहिल्यै स्वास्थ्यका मापदण्ड बेवास्ता गर्न मिल्ने अवस्था नभएको बताउँदै उनले उपत्यकामा अझै कडाइ जरुरी रहको बताइन् ।

आजको छलफलले साझा धारणा तय गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

गत भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।


कस्तो लाग्यो ?

यो पनि