जेठ ०७, २०८१, सोमबार
               

तास खेलेरै कोरोना भत्ता खान्छन् महानगरका कर्मचारी

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना महामारीका कारण आमजनता त्रासले घरमा नै बस्नु पर्ने बाध्यता छ । तर स्थानीय जनताको सेवामा खटिनु पर्ने काठमाडौं महानगरपालिकाका कतिपय कर्मचारीहरू भने तास खेलेरै कोरोना भत्ता पचाइरहेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका नाममा गरेका अधिकांश निर्णयहरू विवादित भइरहेका बेला उनी मातहत वातावरण व्यवस्थापन विभाग टेकुस्थित कार्यान्वयन शाखामा कार्यरत कर्मचारी भने तास खेलेर सत प्रतिशत भत्ता खाँदै रमाइरहेका छन् ।

काठमाडौंका गल्लीगल्लीमा फोहोरको थुप्रो देखिन्छ । तर सहर सफा राख्न भन्दै सय प्रतिशत भत्ता खाने कर्मचारीहरू भने तासमा रमाइरहेको प्रमाण नेपाल फ्ल्यासले फेला पारेको छ, यसमाथि पनि कार्यालयको परिचयपत्र भिरेर ।

महानगर प्रमुख शाक्य पनि यति बेला कोरोना संक्रमित बनेका छन् । २४ घण्टा अग्रपङ्क्तिमा काम गर्ने महानगरकै स्वास्थ्यलगायतमा काम गर्ने कर्मचारीहरू पानी पनि नपिएर कोरोनाविरुद्ध खटिएका छन् । तर कतिपय कर्मचारी दिनभर तास खेलेर हाजिरीको समय पुर्‍याएरै भत्ता खाइरहेका छन् ।

महानगरवासीले कोरोनाको संकटका बेला समेत तिरेको कर यस्तै कुकर्म गर्नेहरूलाई सत प्रतिशत भत्ता ख्वाउन हो भन्ने गम्भीर प्रश्न यति बेला उठेको छ ।

सरकारी कार्यालयमा परिचयपत्र नै भिरेर तास खेल्नेलाई महानगरले के कस्तो कारबाही गर्ला त्यो भने हेर्न बाँकी नै छ ।

यो पनि