असोज ०६, २०८१, आइतबार
               

नदीमा डुबेर दुई बालिकाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

कञ्चनपुर । लालझाडी गाउँपालिका–२ कञ्जका दुई बालिकाको आज दोदा नदीमा डुबेर मृत्यु भएको छ भने एक बालिकाको सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको दोदा नदीमा डुबेर मृत्यु भएको हो । अर्की १२ वर्षीया अनु रानालाई स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन् । मृतक दुवैको शव बगेको स्थानबाट तीन सय मिटर टाढा फेला परेको थियो । “मृतक दुवै बालिका माछा मार्नका लागि नदीमा गएको परिवारजनबाट बुझिएको छ”, प्रहरी उपरीक्षक थापाले भने, “घटनाबारे थप अनुसन्धान भइरहेको छ ।”

उद्धार गरिएकी बालिकालाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएको छ । मृतक दुवै बालिकाको शव नदीबाट झिकेर परीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि