जेठ ०७, २०८१, सोमबार
               

अब दैनिक आठ सय नेपाली स्वदेश आउन पाउने

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । अब विदेशबाट स्वदेश दैनिक आठ सय नेपाली आउने भएका छन् । सरकारले स्वदेश आउन चाहनेहरुलाई लक्षित गरी दैनिक आठ सय नेपाली भित्र्यउने निर्णय गरेसँगै एक दिनमा आठ सय नेपाली नेपाल आउन पाउने भएका हुन्। 

यसअघि सरकारले दैनिक ५०० जनासम्मको मात्रै उद्धार गर्ने गरेको थियो । विदेशमा रहेका नेपालीको उद्धार नियमित र चार्टर फ्लाइटमार्फत पर्यटन मन्त्रालयले आवश्यकताअनुसार गर्ने बताइएको छ । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारी र जवाफदेहीतामा उडान संख्या, यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेसनको उपलब्धताको आधारमा दैनिक आठ सय जना नबढ्ने गरी चार्टर र नियमित उडानको माध्यमबाट अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको थियो । 

धेरै निकायबीच समन्वय गर्न पर्दा समन्वयको अभावमा केही अन्योल भएको भन्दै उनले अहिले मन्त्रालयलाई नै पूर्ण जिम्मेवारी दिइएको सरकारका प्रवक्ता खतिवडाले बताए । 


कस्तो लाग्यो ?

यो पनि