बैशाख १५, २०८१, शनिबार
               

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीको सट्टा नेपाली भाषा प्रयोग गर्न माग

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका विद्यार्थीले सर्वोच्च अदालतको निर्णय सच्याउन माग गरेका छन् ।

त्रिवि दर्शनाचार्य तहमा अध्ययरत ३६ विद्यार्थीले एकविज्ञप्ति जारी गर्दै राष्ट्रियता र देशको अस्मितासँग गाँसिएको यस्तो महत्वपूर्ण विषयलाई जगेर्ना गर्नुपर्ने निकायबाटै चालिएको गैरजिम्मेवारपूर्ण कदम निन्दनीय भएको भन्दै विरोध गरेका हुन् ।

२०७६ मंसिरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरत बस्नेत र राजन बुर्लाकोटीले दर्ता गरेको रिट खारेज गर्ने निर्णय गरेको थियो ।

उनीहरुले इम्बोस्ड नम्बर प्लेटसम्बन्धी भाषा अंग्रेजीको सट्टा नेपाली राख्न सर्वोच्च अदालतसमक्ष माग पनि गरेका छन् ।  

सोमबार उनीहरुले सवारी साधनमा देवनागरीको सट्टा अंग्रेजीमा नम्बर प्लेट लेखेको विषयमा दर्ता रिट खारेज गर्ने  सर्वोच्चको निर्णयको विरोध गरेका छन् ।

सो विज्ञप्तिमा अदालतको निर्णय असंवैधानिक र राष्ट्रघाती प्रकृतिको भएकाले यसलाई तत्काल सच्याउन उल्लेख छ ।

यो पनि