असोज ०६, २०८१, आइतबार
               

गरुडा नगरपालिकामा स्थानीयले गरे विरोध प्रदर्शन

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । गरुडा नगरपालिकामा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । प्रहरी हिरासतमा घाइते भइ उपचारको क्रममा मृत्यु भएका बिजय रामको प्रहरीले यातना दिइ हत्या गरेको भन्दै सो नगरपालिकामा प्रदर्शन भएको हो । जसका कारण सो नगरपालिकाका बजार केही दिनदेखि तनावग्रस्त छन्। 

स्थानीय पीडितका आफन्तले घटनाका दोषी प्रहरीउपर कारबाहीको माग राखी उनीहरुले करिब एक सातादेखि लगातार प्रदर्शन गरिरेहका छन् । उनीहरुले गृह मन्त्रालयले गठन गरेको छानबिन टोली आफूहरुलाई मान्य नहुने पनि बताएका छन् । 

गरुडा-८ जिंगडीयाका १७ वर्षीय निरन्जन रामको घाँटी रेटेर हत्या गरेको आरोपमा पक्राउ परेका विजय रामको उपचारको क्रममा बिहीबार वीरगन्जको एक मेडिकल कलेजमा मृत्यु भएको थियो ।  मृत्युअघि बिजयले आफूलाई हिरासतमा दुई दिनसम्म सादा पोसाकका प्रहरीले यातना दिएको बयान दिएका थिए । 

अस्पताल शैय्यामा खिचिएको  एक भिडियोमा उनले निरन्जनको हत्या स्विकार गर् भन्दै सादा पोसाकका प्रहरीले आफूलाई यातना दिएको बताएका थिए ।

यो पनि