असोज ०६, २०८१, आइतबार
               

शिक्षक अपहरण गर्ने विप्लव समूहका सात कार्यकर्ता पक्राउ

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

सिन्धुली । शिक्षक अपहरण गरेको अभियोगमा सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समुहका सातजना कार्यकतालाई पक्राउ गरेको छ। सिन्धुलीको तीनपाटन गाउँपालिका-८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गरेको सुराकीका आधारमा स्थानीय र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका हुन्।

प्रध्यानध्यापक अपहरणमा संलग्न रहेको भन्दै एक महिला कार्यकर्तालाई प्रहरीले हतियारसहित शनिबार र अन्य ६ जना पुरुषहरुलाई आइतबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। शिक्षकलाई नियन्त्रणमा लिएको घटनामा विप्लव कार्यकर्ता संलग्न भएको सूचनापछि प्रहरीले विप्लव समूहका एक महिला कार्यकर्तालाई नियन्त्रणमा लिएर शिक्षकलाई अपहरणमुक्त गराएको थियो। 

‘पक्राउ परेकी महिलासँगै दुई थान सकेटबम र एउटा सुतली बम पनि नियन्त्रणमा लिइएको छ। अन्य कार्यकर्ताहरुको साथबाट थप चार थान सुतली बम फेला पारिएको छ,’ खत्रीले भने। विप्लव कार्यकर्तालाई दुधौली नगरपालिका १२ बाट प्रकाउ गरिएको बताइएको छ। उनीहरुलाई आइतबार अबेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको र आवश्यक अनुशन्धान थालिएको बताइएको छ। 

‘पक्राउ गरिएका सबैको नाम र ठेगना गोप्य राखिएको छ। उनीहरुको विस्तृत विवरण अनुसन्धानपछि मात्रै खुल्ने छ। बाँकी विवरण अनुशनधानपछि नै जानकारी गराउने छौँ,’ खत्रीले भने। तर, विद्यालयका प्रद्यानध्यापकलाई किन विप्लव कार्यकर्ताले नियन्त्रणमा लिएका हुन् भन्ने केही खुलेको छैन । उनलाई विप्लव कार्यकर्ताले नियन्त्रणमा लिएर गएको भन्ने थाहा पाएपछि स्थानीय र प्रहरीले खोजी गर्न थालेका थिए । उनलाई तीनपाटन गाउँपालिका ८ मा रहेको लायोगाउँमा विप्लव कार्यकर्ताले छाडेर भागेका थिए। शिक्षक सकुशल रहेको प्रहरीले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि