मंसिर ०१, २०८१, शनिबार
               

प्रभावकारी बन्दै स्वास्थ्य बीमा कार्यक्रम

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

बर्दिया । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँगै औषधि उपचारमा सहुलियत भएपछि बर्दिया जिल्लाको राजापुर नगरपालिकाका बासिन्दा खुसी भएका छन् । जिल्लाको दुर्गमा क्षेत्र मानिने सो नगरपालिकामा बीमा कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको छ ।

सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमअनुसार गरीबी परिचयपत्रका आधारमा घरमै आएर बीमा गर्नुका साथै सहुलियत दरमा औषधि पाएकाले निकै राहत मिलेको उनीहरुको भनाइ छ ।  

राजापुर नगरपालिका-४ निवासी लक्ष्मी थारुले भनिन्, सरकारले बीमा गरिदिएकाले पाँच जनाको आफ्नो परिवारका सदस्यले नि:शुल्क उपचार पाएका छौँ । राजापुर स्वास्थ्यचौकीमा २४सै घन्टा बिमित बिरामीको औषधोपचारको व्यवस्था गरिदिन उनले माग गरे । 

स्थानीय सरस्वती चौधरीले पनि शारीरिक रुपमा अशक्त आफ्ना बुबा, आमाको उपचारमा वीमा कार्यक्रमले निकै सहयोग पुगेको बताए । राजापुर नगरपालिका ४ को वीमा दर्ता सहयोगी कार्यकर्ता रीता चौधरीका अनुसार यहाँका करिब ५०० घरधुरीका बासिन्दाको स्वास्थ्य बीमा गराइएको छ ।

यो पनि