असोज ०६, २०८१, आइतबार
               

सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु

नेपाल फ्ल्यास
भदौ १५, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

मोरङ । पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा एक पुरुषको आइतबार राति मृत्यु भएको छ।

मृतक अन्दाजी ३०-३५ वर्षीय पुरुषको पहिचान खुलेको छैन। गम्भीर घाइते अवस्थामा सडकमा छटपटाइरहेका उनको उद्धार गरेर उपचारका लागि लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दीलिप गिरीले बताए।

उक्त पुरुष सडकको बीचमा राति नौ बजेतिर घाइते अवस्थामा भेटिएका थिए। ट्राउजर र टी–सर्ट लगाएका पुरुषले खुट्टा भने केही नलगाएको पाइएको छ।

उनको साथमा परिचय खुल्ने कुनै पनि प्रमाण पत्र नभेटिएका कारण मृतकको सनाखत हुन नसकेको डीएसपी गिरीले बताए । उनका अनुसार पुरुषलाई ठक्कर दिने सवारीसाधनको पहिचान हुन सकेको छैन । 


कस्तो लाग्यो ?

यो पनि