जेठ ०६, २०८१, आइतबार
               

लामाे दूरीका यातायात भदौ मसान्तसम्म बन्द गर्ने सरकारकाे निर्णय

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

सरकारले लामो दूरीका सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनाको कहर बढेको निष्कर्ष निकाल्दै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

यसअघि भदौ १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा सरकार र यातायात व्यवसायीबीच सहमति भएकाे थियो । तर काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै  सरकारले लामो तथा मध्यम दूरीका बस सञ्चालन गर्ने मिति भदौ १६ गतेसम्म सारेकाे थियो । 

उपत्यकाका तीनै जिल्ला प्रशासनले भदौ ३ देखि लागू गरेको निषेधाज्ञा एक साता थप गर्दै १७ गतेसम्म निषेधाज्ञा छ । यता संक्रमितेकाे संख्या प्रत्येक दिन बढिरहेकाे र सुरक्षाकाे कारण देखाउदै मन्त्रिपरिषद् बैठकले भदौमसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । 

हाल ४० भन्दा बढी जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा जारी छन् । 


कस्तो लाग्यो ?

यो पनि