असोज ०६, २०८१, आइतबार
               

५ लाख ३० हजार रुपैयाँ घूससहित पूर्वाधार कार्यालय प्रमुख पक्राउ

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

बुटवल  । भौतिक पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख तथा  सिनियर इन्जिनियर मनिषकुमार अर्याल घूस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले ५ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको रकमसहित अर्याललाई आइतबार पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख तथा इन्जिनियर अर्याललाई अख्तियारको टोलीले बुटवलस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रकम लिएर बाहिर निस्कने क्रममा पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि