असोज ०६, २०८१, आइतबार
               

'एकै संक्रमितले तीन हजारसम्मलाई कोरोना सार्न सक्छन्'

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणको दर उच्च हुँदै गर्दा आइसोलेसन र क्‍वारेन्टाइनबाट संक्रमितहरु भाग्‍ने क्रम बढेको भन्दै सरकारले चिन्ता जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार कोभिड-१९ बारे नियमित मिडिया ब्रिफिङमा संक्रमितहरु हराउने र भाग्‍ने क्रमले समुदाय अझै जोखिममा परेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले संक्रमितहरुला भागेर नहिँड्न आग्रह गर्दै बरु उचित सुविधा नपुगेको भए मन्त्रालयमा गुनासो गर्न आग्रह गरेको छ । 'एक संक्रमितले तीन हजार जनालाई संक्रमण सार्न सक्छन् ।

विश्‍व स्वास्थ्य संगठनले पनि यो कुराबारे बताइसकेको छ', उनले भने, 'त्यसैले सरकारको मापदण्ड अनुसार आफ्नो ठाउँमा बसौं । कुनै पनि व्यक्ति आइसोलेसन र क्‍वारेन्टाइनबाट भाग्‍नु भनेको अरुलाई कोरोना फैल्याउनु हो ।' उनले क्‍वारेन्टाइन र आइसोलेसनमा सुधार नभए व्यवस्थापनसँग गुनासो गर्न आग्रह गरे ।

'संक्रमितले कहीँ नभागौं, व्यवस्थापनले पनि सुधार्ने पक्ष छ भने सुधारौँ, भाग्‍नु भन्दा आफूलाई चित्त नबुझैको कुरा भन्‍नुपर्छ', उनले भने, 'अस्पताल, आइसोलेसन वा क्‍वारेन्टाइनमा बस‍ने व्यक्ति अरुभन्दा झन् जिम्मेवार हुनुपर्छ। त्यसैले नभागौं, उचित सुविधा नभएमा सम्बन्धित व्यवस्थापन र मन्त्रालयमा गुनासो गरौं ।' उनले नियमित प्रेस ब्रिफिङमा बताए ।


कस्तो लाग्यो ?

यो पनि