असोज ०६, २०८१, आइतबार
               

अरूको स्वास्थ्यको ख्याल गर्न संक्रमितलाई सरकारको आग्रह

नेपाल फ्ल्यास
भदौ १४, २०७७

corona briefing photo 2
ADVERTISEMENT

काठमाडौं । संक्रमण पुष्टि भइसकेकाहरू क्वारेन्टाइन तथा आइसाेलेसनमा नबस्दा झण संक्रमण फैलिएकाे भन्दै अरूको स्वास्थ्यको पनि ख्याल गर्न कोरोना सङ्क्रमितलाई सरकारको आग्रह गरेकाे छ ।

‘आइसोलेसनबाट भाग्नुभन्दा चित्त नबुझेको कुरा राखौं, आवश्यकताअनुसार आइसोलेसन सुधार गर्दै जानेछौं , तर नभागौँ ।’

एक जना कोरोना संक्रमितले अरू तीन हजार जना सम्मलाई कोरोनाकाे भाइरसण सार्न सक्ने भएकोले सुरक्षित रही बाहिर ननिस्किन संक्रमितहरू सरकारले सचेत गराएको हाे । कतिपय संक्रमितले अनुशासन नमान्दा संक्रमण फैलिएको भन्दै स्वासथ मन्त्रालयले यस्तो आग्रह गरेको हो । काठमाडौं उपत्यकाको तीन जिल्लामा संक्रमित ह्वात्तै बढेपछि सरकारले यस्तो आग्रह गरेको हो । काठमाडौं उपत्यकामा आइतबार मात्र थप ४२९ जनामा कोरोना पुष्टि भएको छ ।

कतिपय संक्रमित आइसोलेसनबाट भाग्ने, होम आइसोलेसनमा बसेकाहरू बाहिर निस्किने जस्ता गुनासो आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । उनले भने ‘परिवार, छिमेकी वा देशलाई नै पर्ने समस्यालाई बुझी संक्रमित अनुशासनमा बस्नुपर्छ ।’

उनले आइसोलेसनबाट भाग्नुभन्दा चित्त नबुझेको कुरा आइसोलेसन व्यवस्थापनसँग राख्न आग्रह गरे । उनले भने ‘आइसोलेसनबाट भाग्नुभन्दा चित्त नबुझेको कुरा राखौं, आवश्यकताअनुसार आइसोलेसन सुधार गर्दै जानेछौं , तर नभागौँ ।’

कोरोना महामारीले देशको स्वास्थ्य सेवा नै असहज अवस्थामा पुगेको भन्दै यो समयमा सबैको हातेमालोबाट मात्रै समस्या समाधान हुने उनले बताए ।

यस्तै प्रवक्ता गौतमले सम्बन्धित अस्पतालसँग समन्वय नगरी कोरोना संक्रमितलाई रेफर नगर्न निर्देशन दिएका छन्  । कतिपय संक्रमितलाई सम्बन्धित अस्पतालमा सम्पर्क गरी र डाक्टरको साथ नलगाई पठाएको पाइएको भन्दै यस्तो गर्दा केही तलमाथि भएमा रेफर गर्ने अस्पताल जवाफदेही हुने प्रवक्ता गौतमले बताए ।


कस्तो लाग्यो ?

यो पनि