असोज ०६, २०८१, आइतबार
               

लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ४ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

सुनसरी । काेसी गाउँपालिका-८ भाण्टाबारीबाट नियन्त्रित लागूऔषध १ सय ट्याबलेट नाइट्रोसन, ५ सय ५२ ट्याबलेट एसपी र एक सय एमएलको ३३ बोतल कोरेक्ससहित सोही ठाउँ बस्ने २२ वर्षीय सुसिल शर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र सिमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै राप्ती नगरपालिका-१० चितवनबाट अवैध लागूऔषध २ केजी ५ सय ग्राम गाँजा सहित सोही नगरपालिका-९ बस्ने ३७ वर्षीय दिपक तितुङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

यता डुडुवा गाउँपालिका-५ बाँकेबाट १० केजी लागूऔषध गाँजाको धुलो सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भे.४ प १२८८ नम्बरको मोटरसाइकलमा सवार राप्ती सोनारी गाउँपालिका-५ गोरधुई बस्ने २४ वर्षीय राम बहादुर चौधरी र मोटरसाइकल चालक कोहलपुर नगरपालिका-११ बस्ने ४२ वर्षीय बिसराम थारु रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि