असोज ०६, २०८१, आइतबार
               

बौद्धबाट १२ जना जुवाडे पक्राउ

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध सिमलटारबाट १२ जना जुवाडे पक्राउ परेका छन् ।

३६ वर्षीय दावा शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुको साथबाट २ लाख ९० हजार २ सय २० रुपैयाँ तथा भारतीय रुपैयाँ १ हजार, २१ बुक तास र ८ सेट क्‍वाइन गोटी समेत बरामद गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि