असोज ०५, २०८१, शनिबार
               

६ महिनाको बालकसहित वीरगञ्जमा थपिए ७९ जना कोरोना सङ्क्रमित

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

पर्सा । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिनाको बालकसहित ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

सार्वजनिक गरिएको पिसिआर परीक्षणको रिपोर्टमा मा ६ महिनाको बालकदेखि ९७ वर्षका वृद्धमासमेत कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताए । 

सङ्क्रमितमध्ये पर्साका ४७ जना, बाराका ३० जना, मोरङ र काठमाडोंका एक-एक जना छन् । ४ सय ४२ जनाको स्वाबको नमुना परीक्षण गर्दा ७९ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । 

पर्साका ४७ सङ्क्रमितमध्ये पोखरिया नगरपालिकाका १२ जना र अरु सङ्क्रमित वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका छन् । यस्तै बाराका ३० सङ्क्रमितमध्ये विश्रामपुरका ३ जना, महागढीमाईका २ जना, जितपुर सिमराका २ जना र बाँकी सङ्क्रमित कलैया उपमहानगरपालिकाको विभिन्न वडाका रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि