असोज ०५, २०८१, शनिबार
               

इन्चार्जसहित ५ जनामा कोरोना भएपछि गुल्मीमा स्वास्थ्य चौकी सिल

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

गुल्मी ।स्वास्थ्य चौकी इन्चार्जसहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिका–६ कुर्घा स्वास्थ्य चौकीकी इन्चार्जसहित ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिए ।

स्वास्थ्य चौकी इन्चार्जलाई संक्रमण भएपछि स्वास्थ्य चौकी अहिले पूरै सिल गरिएको र उनको सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङ गरिने जिसीले बताए। अन्य ४ जना भने मुसिकोट–२ को गंगा प्राथमिक विद्यालयको क्वारेन्टाइनमा छन् ।  

स्वास्थ्य चौकी इन्चार्जलाई अहिले होम आइसोलेसनमा राखिएको जिसीले बताए। गुल्मीमा कुल ३ सय ८८ जना संक्रमितमध्ये ३६६ जना निको भएर घर फर्किएका छन् ।

जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि