जेठ ०५, २०८१, शनिबार
               

निषेधाज्ञा पाँच जिल्लामा हटाइयो, ४९ जिल्लामा जारी

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि हाल देशका ४९ जिल्लाले निषेधाज्ञा जारी गरेका छन् ।  जसमध्ये ३९ जिल्लामा पूर्ण तथा १० जिल्लामा आंशिकरुपमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

आज बिहानसम्मको तथ्याङ्कअनुसार जिल्लामा संक्रमणको अवस्थालाई हेरेर आंशिक तथा पूर्णरुपमा निषेधाज्ञा जारी भएको गृहमन्त्रालयका सुचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार पूर्ण निषेधाज्ञा भएका जिल्लामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, सुनसरी, सर्लाही, स्याङजा, सिरहा, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, सिन्धुपाल्चोक गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्यूठान, दैलेख, कन्चनपुर, डडेल्धुरा, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन, बैतडी, कपिलवस्तु, नवलपरासी पश्चिम, डोल्पा, मोरङ, डोटी र दाङ छन् ।  

त्यस्तै आंशिक निषेधाज्ञा  नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ ,रुकुम पश्चिम र जाजरकोटमा लगाइएको छ ।  उनका अनुसार पछिल्लो केहि दिनयता निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या कम भएको छ । यसअघि ५१ जिल्लामा निषेधाज्ञा जारी गरिएकोमा गुल्मी, उदयपुर, लमजुङ,  पाँचथर र कालिकोटमा निषेधाज्ञा हटाइएको छ ।

सरकारले जिल्ला तथा विभिन्न स्थानीय तहमा निषेधाज्ञा लगाउन सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । प्रशासनको समन्वयमा केही जिल्ला तथा स्थानिय तहहरुले निषेधाज्ञा जारी गरेको छन् ।
 


कस्तो लाग्यो ?

यो पनि