असोज ०६, २०८१, आइतबार
               

लहरीको ठक्करबाट टेम्पुचालकको मृत्यु

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

महोत्तरी । पूर्व­पश्चिम राजमार्गको महोत्तरीको बर्दिवास नगरपालिका–१ मा भारतीय लहरी (ट्रकजस्तै लामो गाडी) को ठक्कर दिँदा एक टेम्पो (अटो) चालकको मृत्यु भएको छ ।

बर्दिवासचोकमै रोकिराखेको ना. ३ स २३६१ नम्बरको टेम्पोलाई आरजे २ जिबी ३३४७ भारतीय नम्बरको लहरीले ठक्कर दिँदा बर्दिवास–१ का ४० वर्षीय टेकनारायण श्रेष्ठको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार मृतक श्रेष्ठ टेम्पोचालक  हुन् । 

बिग्रेर रोकिएको लहरीलाई चलाउन पछाडिबाट ठेल्ने क्रममा ओरालोतिर हुइँकिएर सडक छेउमा रोकिराखेको टेम्पोलाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

घाइते श्रेष्ठको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।  लहरीचालक भारतीय नागरिक अरबिनकुमार बलायतलाई नियन्त्रणमा लिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि