असोज ०६, २०८१, आइतबार
               

लुकाएर राखेको ५ वटा बन्दुकसहित २ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

बाजुरा । बडिमालिका नगरपालिका-७ रजातोली तल्लो पलानमा लुकाइराखेको ५ थान भरुवा बन्दुकसहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही स्थान बस्ने ५५ वर्षीय धन बहादुर विक र ३५ वर्षीय सौरे लुहार रहेका छन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर छेउमा लुकाई राखेको अवस्थामा लोड गरेको उक्त बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि