असोज ०६, २०८१, आइतबार
               

कोरोनामुक्त किशोरीको स्नातकसम्मको अभिभावकत्व ग्रहण

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले एक किशोरीको अभिभावकत्व ग्रहण गरेका छन् । 

कोरोना सङ्क्रमणबाट सङ्क्रमणमुक्त भई घर फर्केकी नमोबुद्ध नपा–५ को किशोरीको स्नातकसम्मको शिक्षाका लागि उनले अभिभावकत्व ग्रहण गरेका हुन् ।  

किशोरीको आर्थिक अवस्था कमजोर रहेको थाहा पाएपछि उनको शिक्षाको अभिभावकत्व ग्रहण गरेको तिमल्सिनाको भनाइ छ । 

कोरोनामुक्त ती किशोरी हाल कक्षा १२ मा अध्ययनरत छिन्। हाल  किशोरीको परिवारमा ६ सदस्य छन् । परम्परागत रुपमा खेतीपाती गर्दै आएको किशोरीको परिवार आर्थिक रुपले कमजोर छ । 


कस्तो लाग्यो ?

यो पनि