असोज ०६, २०८१, आइतबार
               

दाङको समुदायमा सुरु भयो कोरोना परीक्षण

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

दाङ । समुदायस्तरमा कोरोनाको संक्रमण देखिन थालेपछि दाङमा पिसिआर परीक्षणको लागि ‘अन द स्पोट’ स्वाब संकलन गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिकामा समुदायस्तरमा कोरोनो संक्रमण पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाउन र समुदायको वास्तविक अवस्था बुझ्न स्थानीय सरकारले सक्रियता देखाउन थालेका हुन् ।  

समुदायस्तरमा चारजनामा कोरोना संक्रमण पुष्टि भएपछि तुलसीपुर उपमहानगरले ‘अन द स्पोट’ स्वाब संकलन गर्न थालेको हो। शुक्रबारदेखि ‘अन द स्पोट’ स्वाब संकलन सुरु गरेको उपमहानरका कोभिड-१९ फोकल पर्सन विमल केसीले जानकारी दिए । 

तुलसीपुरका चोकचोकमा स्वाब संकलन गरिएको उनले बताए। केसीका अनुसार बजार क्षेत्रका भीडभाड हुने क्षेत्र र त्यससँग सम्बन्धित व्यक्तिलाई परीक्षणको दायरामा ल्याउन लागिएको छ। स्वाब संकलनमा रिक्साचालक, किराना पसल, फलफूल, मासु पसल गर्ने र सडक व्यापार गर्नेहरूलाई प्राथमिकता दिइएको छ। 

प्रत्येक चोकमा करिब १० जनाको स्वाब संकलन गरिएको केसीले बताए। शुक्रबार मात्रै क्वारेन्टाइनमा बसेका पाँच जनासहित समुदायस्तरका २३४ जनाको स्वाव संकलन गरिएको छ। जसमा तुलसीपुर ११ उरहरी बेलटोकुरा क्षेत्रबाट २९ जना, वडा नम्वर ५ र ६ बाट १६८ जना र बढी भीडभाड भएका क्षेत्रमा प्रत्यक्ष स्थलमै ३७ जनाको स्वाब संकलन गरिएको केसीले बताए। 

योसँगै तुलसीपुर हालसम्म दुई हजार ५०७ जनाको स्वाब संकलन गरीएको छ । तुलसीपुरमा हालसम्म ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये संक्रिय संक्रमित १७ जना रहेका छन्।


कस्तो लाग्यो ?

यो पनि