असोज ०६, २०८१, आइतबार
               

मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एक प्रहरी हवल्दारको उपचारका क्रममा विराटनगरमा शनिबार बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत सप्तरीको बलान घर भएका हवल्दार विजयकुमार मण्डलको दुर्घटनामा परेर मृत्यु भएको हो ।

कार्यालयकै मोटरसाइकलमा गस्तीमा निस्किएको समयमा शनिबार बिहान चार बजे उनले चलाएको को. १ प २११५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार मोटरसाइकल इनरुवा नगरपालिका–९ बबिया मोडस्थित भित्री सडक खण्डमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको हो ।  

दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी हवल्दार मण्डललाई उपचारका लागि विराटनर्सिङ होम एवं विराटनगर अस्पताल ल्याइएको थियो । 

टाउकोमा चोट लागेका उनको उपचाका क्रममा बिहान साढे पाँच बजेतिर मृत्यु भएको एसपी थापाले जानकारी दिए। उनले मोटरसाइकल घुम्तीमा आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो कि घटनाको अरु नै कारण छ भन्ने बारेमा अनुसन्धान सुरु गरिएको बताए । 


कस्तो लाग्यो ?

यो पनि