असोज ०६, २०८१, आइतबार
               

सोह्रश्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्रश्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह गरेको छ ।

समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गइरहेका बेला सो नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै नगरवासीमा यस्तो आग्रह गरेको हो ।  

नगरपालिकाद्वारा जारी गरिएको सो सूचनामा भनिएको छ, ‘एकजना पुरोहित धेरैजना यजमानको घरमा श्राद्ध गराउन जाने प्रचलन रहेकाले यसपटक कोरोना भाइरस संक्रमणको जोखिम रहेको विषम परिस्थितिमा वैकल्पिक तरिकाले विद्युतीय (भर्चुअल) विधिबाट सोह्रश्राद्ध गर्न–गराउन आह्वान गरिन्छ ’।

यसका अलवा सो नगरपालिकाले‍ सोह्रश्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगर्न पनि आग्रह गरेको छ । सथै, समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएकाले जन्म, न्वारन, ब्रतबन्ध, विवाह, मृत्युसंस्कारजस्ता कर्म पारिवारिक रुपमा गर्न अनुरोध गरेको छ । 

चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्पराअनुसार हिन्दुहरुले हरेक वर्ष सोह्रश्राद्ध गर्दै आएका छन् । 

वडादशैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यताअनुरुप  सोह्रश्राद्ध गर्ने चलन छ । 

 

यो पनि