असोज ०६, २०८१, आइतबार
               

प्रदेश ५ मा यस्तो छ कोराना संक्रमणको अवस्था

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

प्रदेश नं ५ मा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार १०१ पुगेको छ । जसमध्ये एक हजार २९७ जना सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ । प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । तीमध्ये ३९ पुरुष र ३३ महिला रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिए ।  

उनका अनुसार सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा तीन, कपिलवस्तु र नवलपरासी पश्चिममा १-१ जना रहेका छन् । प्रदेशमा चार हजार ७०३ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

प्रदेशमा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ जसमध्ये १६ जना आइसीयूमा छन् । तीमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको सूचना अधिकारी पौडेलले बताए । 

बुटवलको कोरोना अस्पतालमा २०, भीम अस्पताल भैरहवामा १७, सुशील कोइराला अस्पताल बाँकेमा ३१ र बेलझुण्डी दाङको अस्पतालमा ३६ संक्रमितको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

सूचना अधिकारी पौडेलकाअनुसार संक्रमण देखिएका ८७ जना अझै पनि क्वारेन्टाइनमै छन् । उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।  

शुक्रबारसम्म एक हजार चार सय ७६ जना क्वारेन्टाइनमै बसेका छन् । 

अहिलेसम्म ९७ हजार पाँच सय ९१ जनाको पिसिआर परीक्षण गरिएकोमा ९४ हजार छ सय १९ जनाको नतिजा आएकोमा छ हजार एक सय एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  दुई हजार ९७२ जनाको स्वाब परीक्षण हुने क्रममा छ ।


कस्तो लाग्यो ?

यो पनि