जेठ ०५, २०८१, शनिबार
               

बिहीबार ४३७ नेपाली स्वदेश भित्रिए

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । विदेशमा रहेका नेपालीहरुमध्ये बिहीबार ४३७ जना नेपाल भित्रिएका छन् । 

हिमालय एयरलाइन्समर्फत साउदीको दमामबाट १५४ जना, नेपाल एयरलाइन्सको वाइडबडी जहाजले साउदीको रियादबाट २६३, दमामबाट दुई र रियादबाट चार वटा शव गरी कुल ६ वटा शवस पनि नेपाल भित्र्याइएको छ । लकडाउनको अविधमा विदेशमा निधन भएकाको शव उतै रोकिएको थियो ।

यसका अलवा बिहीबारै हङकङबाट क्याथे ड्रागनको जहाज काठमाडौं आएको छ । सो जहाजमा भने कार्गो आएको त्रिवि विमानस्थलले जानकारी दिएको छ । 

टर्कीको इस्तानबुलबाट टर्कीस एयरले पनि २० जना नेपाली काठमाडौंमा उतारेको छ । सो जहाजमा काठमाडौंबाट चार बच्चासहित २०३ जना यात्रु  नेपालबाट बाहिरिएका हुन् । 

त्यसैगरी, बिहीबारै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका एक एक जहाज क्वालालाम्पुर जाँदैछन्  भने  हिमालयको अर्को जहाज चीनको चोङछिङ जाँदै छ । यी जहाज शुक्रबार फर्किने त्रिवि विमानस्थलले जानकारी दिएका छन् । 

सरकारले दैनिक पाँच सय जना यात्रुलाई काठमाडौं ल्याउने गरी पाँचौ चरणमा एयरलाइन्सहरुलाई उडान अनुमति दिएको छ ।

यो पनि