असोज ०६, २०८१, आइतबार
               

डा. केसीको अनशन एक हप्ता स्थगित

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । डा. गोविन्द केसीले बिहीबारदेखि घोषणा गरेको सत्याग्रह एक हप्ता पछि सारेका छन् ।

जुम्लामा रहेका केसीले स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रह एक हप्ताका लागि सारेको जानकारी दिएका छन्  ।

‘‍स्थानीय प्रशासनको विशेष आग्रहमा आज बिहान सत्याग्रहलाई एक साता पछि सार्ने निर्णय गरेका छौं’ केसीले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

गत साउन ११ गते आफ्नो चार बुँदे माग सार्वजनिक गरेका केसीले माग पूरा नभए भदौ ११ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका थिए । 

‘हामीले झन्डै एक महिनाको समय दिंदा पनि सरकारले माग पूरा गर्न कुनै कदम चालेको छैन’ उनले भनेका छन्, ‘हामीसित गरेका सम्झौता कार्यान्वयन गर्न तथा जायज माग पूरा गर्न सरकारले कोरोना महामारीको वहाना बनाइरहेको छ जबकि अर्बौं भ्रस्टाचार र घोटाला गर्न तथा सत्तारुढ दलका नेताहरुबीच कुर्सीका लागि हानथाप गर्न महामारीले छेकेको छैन ।’


कस्तो लाग्यो ?

यो पनि